
काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणबारे आज समीक्षा गरेको छ।
लाजिम्पाटमा सम्पन्न केन्द्रीय कार्यालयको बैठकले हिजो प्रधानमन्त्रीले दिएको ब्रिफिङको समीक्षा गरको हो। ‘हिजो पार्टी अध्यक्षले भारत भ्रमणबारे बिफ्रिङ गर्नुभएको थियो,' पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्, 'बैठकले भारत भ्रमण फलदायी भएको निष्कर्ष निकाल्यो। केन्द्रीय कार्यालयका सदस्यहरुले भ्रमणबारे आफ्नो प्रतिक्रिया राख्नुभएको छ।’
प्रवक्ता भुसालका अनुसार बैठकले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच न्यानो सम्बन्ध विकास भएको, नेपाली र भारतीय जनताको सम्बन्धमा थप सुदृढ भएको, भुटान र बंगलादेशमा समेत नेपालले खुल्ला व्यापार गर्ने गरी खुल्ला मार्केटको अवधारणामा पिटिए भएको, भूकम्पको पुनर्निर्माणमा भारतले थप सहयोगको घोषणा गरेको, नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गरेको’विषयलाई भ्रमणको मुख्य उपलब्धिको रुपमा निष्कर्ष निकालेको छ।