PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

भारतको कास्मिर आज ७४ औं दिन पनि बन्द



पहिलोपोस्ट

भारतको कास्मिर आज ७४ औं दिन पनि बन्द

श्रीनगर : कानुनी राज्य कायम रहेको देखाउन सेनाले शक्ति प्रदर्शन गर्ने दिनसमेत कास्मिर उपत्यका बन्द छ। आज लगातार बन्दको ७४ औं दिन हो।

यद्यपि आज कतै कर्फ्यु नरहेको प्रहरीले जनाएको छ।

सोमबार मुटुमा समस्या देखिएकाले एक १३ वर्षीया किशोरीको मृत्यु भयो जुन यहाँको कानुन रक्षासँग जोडिएको विषय थिएन। सोमबार थप दुई स्कुल सुरक्षा निकायका कारण तनावमा रहे।
 
आतंकवादी समूहले स्कुलमा आगलागी गराएको दावी प्रहरीले गरेको छ।

सबै शैक्षिक संस्था, सार्वजनिक यातायात, मुख्य बजार र अन्य व्यवसायिक गतिविधि ठप्प रहे।

केही यातायात देखिए पनि एक जिल्ला र अर्को जिल्ला जोड्ने यातायात चलेको छैन।
 
जुन ९ देखि सुरु भएको हिंसात्मक गतिविधिमा अहिलेसम्म ८९ मानिसको ज्यान गइसकेको छ भने ११ हजार ५ सय घाइते भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell