PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

भारत भ्रमणका बेला प्रधानमन्त्रीले रेशम चौधरीसँग किन मिलाए हात? सचिवालयको स्पष्टोक्ति



पहिलोपोस्ट

भारत भ्रमणका बेला प्रधानमन्त्रीले रेशम चौधरीसँग किन मिलाए हात? सचिवालयको स्पष्टोक्ति

काठमाडौं : भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक कार्यक्रममा कैलाली घटनाका एक आरोपित रेशम चौधरी सहभागी भएको विषयमा प्रधानमन्त्रीको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
 
भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नचिनिने गरी उपस्थित भएर चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भ्रमण अवधिमा प्रधानमन्त्रीको चौधरीसँग भेटघाट गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन्। 'सार्वजनिक कार्यक्रममा कोको आए, के मनसायले आए भन्ने थाहा नहुने भएकाले यस्तो विषयलाई लिएर टीकाटिप्पणी गर्नु उपयुक्त हुँदैन,' उनले भने।
 
प्रधानमन्त्रीले चौधरीसँग हात मिलाएको भए पनि कुनै कुरा नभएको आचार्यले दाबी गरेका छन्। तर फोटोमा भने दुवैबीच कुराकानी भइरहेको देखिन्छ। फोटो साभार : अन्नपूर्ण अनलाइन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell