
बेथलेहेमः अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनबीचमा शान्ति सम्झौता गराउन आफू जे गर्न पनि तयार रहेको बताएका छन् ।
प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बाससँग भएको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले दुई देशबीच शान्ति सम्झौता गराउन आफूले के गर्न सकिएला भनेर छलफल गरेको पनि बताए ।
प्यालेस्टाइनी राष्ट्रपति अब्बाससँग ट्रम्पले भने,“इजरायल र प्यालेस्टाइनका बीचमा शान्ति सम्झौता गराउन म प्रतिबद्ध छु, साथै त्यस उद्देश्य प्राप्तिका लागि म जेसुकै सहयोग र भूमिकाका लागि तयार छु।” अमेरिकी राष्ट्रपति ट्रम्पले प्यालेस्टाइनी राष्ट्रपति अब्बासलाई वेष्ट बैंकमा भेटेका हुन्।
भेटवार्ता दुई देशको युद्ध अन्त्य र शान्ति सम्झौतामा केन्द्रीत भएको अधिकारीले जनाएका छन् ।
भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति अब्बासले उपलब्धिमुलक शान्ति सम्झौताका लागि अमेरिकासँग सहकार्य गर्न तयार रहेको बताएका थिए । रासस/सिन्ह्वा/एएफपी