PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

यी हुन् विद्यालयमा आतंक मच्चाउने पूर्वलडाकु, जसले दुई महिनाअघि बस जलाएका थिए



सविन ढकाल

यी हुन् विद्यालयमा आतंक मच्चाउने पूर्वलडाकु, जसले दुई महिनाअघि बस जलाएका थिए

काठमाडौं : मंगलबार बिहान राजधानीमा सात वटा विद्यालयमा बम भनी शंकास्पद वस्तु राखेको हल्ला फैलिएपछि प्रहरीले दुई जनालाई पक्राउ गर्‍यो। घटना भएको केही घन्टामा नै जोरपाटीबाट पक्राउ परेका उनीहरु त दुई महिनाअघि बस जलाएको अभियोगमा पक्राउ पर्नेहरु नै रहेछन्।
 
गत साउन ६ गते काठमाडौंको स्वयम्भूस्थित डल्लुमा आइडियल मोडेल बोर्डिङ स्कुलको बस जलाएको अभियोगमा उनीहरुलाई प्रहरीले बौद्धबाट नियन्त्रणमा लिएको थियो। आज उनीहरु फेरि पक्राउ परे, विद्यालयमा बम भन्दै शंकास्पद वस्तु राखेर आतंक मच्चाएकोमा। आज समातिनेमा शंखर लाखे र चन्द्रबहादुर तामाङ रहेका छन्।  

प्रारम्भिक बयानमा उनीहरुले आफू माओवादी कम्युनिस्ट केन्द्रको भ्रातृ संगठनको कार्यकर्ता रहेको बताएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले बताएका छन्। 'उनीहले आफू पूर्वलडाकु समेत रहेको बताएका थिए,' थापाले पहिलोपोस्टसँग भने, 'बयानमा घरेलु बम समेत बनाउने तालिम लिएको समेत बताएका थिए।'
 
प्रहरीले उनीहरुलाई बिगो र पाँच वर्षको कैद सजायको मागसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । उनीहरुले भने आफूहरुले आगजनी नगरेको भन्दै तीन साताअघि मात्र अदालतबाट तारिखमा छुटेका थिए।
 
आजको घटनामा संलग्न अरुको खोजी भइरहेको एसएसपी थापाले बताए। घटनास्थलबाट प्रहरीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिस्ट फोर्स नेपालको संयुक्त पर्चा भेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell