PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

​छ लाख खर्चेर ६ दिनपछि शिक्षकको शव घर लगियो



पहिलोपोस्ट

डोल्पा : उपल्लो डोल्पामा मृत्यु भएका एक शिक्षकको शव रु छ लाख खर्च गरी छ दिनपछि आज हेलिकप्टरबाट घर लगिएको छ।
 
सल्यान दारमाकोट–५ का दशरथ चन्दको शव हेलिकप्टर चार्टर गरी लगिएको हो। चन्दको जन्डिसका कारण गत भदौ ३० गते मृत्यु भएको थियो। उनले साल्दाङ– ८ स्थित दशरथ चन्द प्राथमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए।  
 
उनको शव घर लैजान जिल्ला शिक्षा समितिले रु तीन लाख, सभासद् धनबहादुर बुढाले रु एक लाख र साल्दाङ गाविसले रु दुई लाख आर्थिक सहयोग गरेका थिए।
 
प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार मौसम खरावीका कारण शव घर लैजान ढिलाइ भएको हो। चन्दको शव विद्यालयबाट एक दिनको पैदल दूरीमा बोकेर प्रहरीले धो गाविससम्म ल्याइपुर्‍याएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell