PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

अँध्यारोमा 'लालटिन' बाल्दै दयाहाङ र प्रियंका



पहिलोपोस्ट

अँध्यारोमा 'लालटिन' बाल्दै दयाहाङ र प्रियंका

काठमाडौं : अनिल योन्जनको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म 'डायरी' घोषणा कार्यक्रममा उपस्थित सबैलाई एक छिन अन्धकारमा राखियो। केही बेरपछि मधुरो प्रकाशसँगै देखिइन्- नायिका छुल्ठिम गुरुङ। उनको अभिनयबाट सुरु भएको थियो सो फिल्म घोषणा समारोह।
 
यो त केही समयअघिको कार्यक्रमको झल्को थियो। फिल्मी क्षेत्रका कार्यक्रमहरु पछिल्लो समय फरक ढङ्गले गर्न थालिएको छ।
 
यस्तै फरक झल्को दिने गरी आज पनि एक कार्यक्रममा उपस्थित सबैलाई केही बेर अन्धकारमै राखियो। नेपथ्यबाट लस्करै मान्छेहरु हातमा लालटिन बोकेर देखिए। सो लाम हलको अगाडि आइनपुग्दासम्म गीत बजिरह्यो र लाल्टिनको टिजर सार्वजनिक गरियो।
 
‘लालटिन’को टिजर, पोस्टर र गीतको अडियो एल्बम एकसाथ सार्वजानिक भएको हो।
 
देवकुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की फेरि एकसाथ पर्दामा उत्रिँदैछन्। लालटिनमा अर्जुनजंग शाही, राज कटुवाल, निर्जन थापा, केकी अधिकारी लगायतका कलाकाहरुको पनि अभिनय रहनेछ।
 
एमसन पिक्चर्सको ब्यानरमा बन्ने फिल्म भानु प्रतापले निर्माण गर्नेछन्। चैत १८ गतेबाट देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell