PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

दसौं काठमाडौं म्याराथन आगामी शनिबार हुने



पहिलोपोस्ट

दसौं काठमाडौं म्याराथन आगामी शनिबार हुने

काठमाडौं : काठमाडौं म्याराथनको दसौं संस्करण आगामी शनिबार हुने भएको छ। प्रो स्पोर्ट्सको आयोजनामा हुन लागेको म्याराथनमा ४२.१९५ किमि म्याराथन, हाफ म्याराथन, ५ किमि खुल्ला तथा विधार्थी दौड, ह्वीलचेयर विधामा महिला तथा पुरुष दुबैको स्पर्धा समावेश गरिएको छ।
 
भूकम्पपछिको देशको परिस्थितिलाई अंगीकार गर्दै यस वर्षको नारा 'रन फर रिबिउल्ड' (पुनर्निर्माणको लागी दौडौं) राखिएको छ।
प्रतियोगिताका सम्पूर्ण दौड त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भई दशरथ रङ्गशालामै अन्त्य हुनेछ। म्याराथनको रुट काठमाडौं, ललितपुर र भक्तपुर तीनै सहर प्रवेश गर्नेछ। सम्पूर्ण दौड शनिबार बिहान ६ बजेबाट सुरु हुनेछन्।

स्वदेशी तथा विदेशीले समेत भाग लिने म्याराथन प्रतियोगितालाई नेपालकै सर्वाधिक सहभागिता रहेको म्याराथन रहेको आयोजकले बताएको छ।

म्याराथनमा राष्ट्रिय खेलाडीहरु, तीनै विभागीय क्लबका धावकहरु, जनसाधारण तथा खेलकुद प्रेमीहरुको ठूलो संख्यामा सहभागिता हुने आयोजकले बताएको छ। आयोजकका अनुसार १५ राष्ट्रका ४२ जना विदेशी धावकहरुले सहभागिता जनाउने छन्।

प्रतियोगिताम विजयी खेलाडीहरुले मेडल, सर्टिफिकेटका साथै नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै सहभागी सबै खेलाडीहरुले फिनिसर्स सर्टिफिकेट पनि प्राप्त गर्नेछन् भने म्याराथन, हाफम्याराथन दौड पूरा गर्ने सबै धावकहरुलाई फिनिसर्स मेडलको पनि व्यवस्था गरिएको छ। म्याराथनको पुरुष तथा महिला प्रथम धावक तथा धाविकालाई ट्रफी पनि प्रदान गरिनेछ।

प्रतियोगिताका सहभागी सम्पूर्ण खेलाडी, अफिसियल तथा भोलन्टियरको एक दिने बिमा पनि गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको सह प्रायोजकको रुपमा चिनियाँ मोबाइल कम्पनी हुवावे रहेको छ भने इन्सुरेन्स पार्टनरको रुपमा हिमालयन जनरल इन्स्योरेन्स र ड्रिङ्किङ वाटरको प्रायोजकको रुपमा एक्वा रहेका छन।

खेलाडीहरुको प्रोत्साहनार्थ म्याराथन दौडमा २ घण्टा २० मिनेट भन्दा कम समयमा दौड पूरा गर्ने धावकलाई एक लाख नगद प्रदान गरिनेछ। उक्त पुरस्कारको ५० हजार रघुराज वन्ट र ५० हजार श्री निलेन्द्रराज श्रेष्ठबाट प्रायोजन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell