PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

​प्रहरीको खुलासा : बम आतंक मच्चाउनेहरु माओवादीका भगौडा लडाकु!



सविन ढकाल

​प्रहरीको खुलासा : बम आतंक मच्चाउनेहरु माओवादीका भगौडा लडाकु!

काठमाडौं : मंगबार बिहान देखि नै राजधानीको अवस्था भयावह बन्यो। बिहानदेखि नै राजधानीका विभिन्न निजी विद्यालयको गेट अगाडि आतंकित पार्नेगरी शंकास्पद वस्तु राखिए। राजधानीका ११ विद्यालयमा राखिएका शंकास्पद बस्तु 'बम' भएको हल्ला व्यापक भयो।
 
काठमाडौंको दक्षिणढोकामा रहेका मनकामना उच्च मावि र आकशद्वीप बोर्डिङ स्कुलमा राखिएको मिनी ग्यास बिस्फोट नै भयो। अन्य ९ ठाउँमा राखिएको वस्तु भने बम नभएको प्रहरीले पुष्टि गर्‍यो।

घटनाको केही घण्टामै प्रहरीले संलग्नलाई पक्राउ गर्‍यो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनसार २०६२ सालमा शान्ति प्रकृयापूर्व भागेर गएका पूर्व लडाकुहरु नै यो घटना घटाएका हुन्। आज साँझ पत्रकार सम्मेलन गर्दै प्रहरीले यसको जानकारी गरायो।

पूर्व भगौडा लडाकुहरुको संयोजन गरेका  मीन देवकोटाले खोलेको माओवादी कम्युनिष्ट केन्द्रले बम आतंक मच्चाएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीका एआइजी प्रतापसिंह थापाले जानकारी दिए।

के हो माओवादी कम्युनिष्ट केन्द्र?

माओवादी कम्युनिष्ट केन्द्र २०६२ सालमा स्थापना भएको हो। राजनीतिक दल भने पनि यो निर्वाचन आयोगमा दर्ता छैन। माओवादी कम्युनिष्ट केन्द्रले २०६९ सालमा सरकारसँग वार्ता गरेको थियो। त्यसमा कमजोर भएपछि आपराधिक गतिवधिमा संलग्न हुन थाल्यो।
सांसद आनन्द प्रसाद ढुंगानाको नेतृत्वमा २०७१ भदौमा नेपालगञ्जमा वार्ता समिति समक्ष हतियार बुझाएको यो संगठनले त्यसयता निजी विद्यालयसँग अनियमिताको बहानामा चन्दा  माग्ने र धम्काउने गर्दै आएको छ।

माओवादी कम्युनिष्ट केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट फोर्स नेपाल समेत रहेको छ। योङ्ग कम्युनिष्ट फोर्स नेपाल संयोजक भने सुमन श्रेष्ठ रहेका छन्।

राजनीतिक दलको आडमा गरेका अपराध

माओवादी कम्युनिष्ट केन्द्र राजनीतिक दलको आवरणमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ। २०७१ साल असार १ गते कंलकीबाट मनबहादुर चदाराको यार्सागुम्बा लुट्ने कार्यमा संलग्न भएको भन्दै पार्टीका अध्यक्ष देवेन्द्र महत, केशव दाहाल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यस्तै गत साउन ६ गते काठमाडौंको डल्लुमा आइडियल मोडल स्कुलको गाडीमा यिनैले आगो लगाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell