
काठमाडौं : सशस्त्र प्रहरी बलले विभिन्न पदका लागि जागिर खुलाएको छ। बलको प्रधान कार्यालयले आज सार्वजनिक विज्ञापन प्रकाशित गरी सशस्त्र प्रहरी निरीक्षक (साधारण) र सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण) का लागि जागिर खुलाएको हो।
निरीक्षकका लागि ५४ जना र सहायक निरीक्षकका लागि ३६ जनाको कोटा तोकिएको छ। त्यसभित्रै निरीक्षकमा खुला २९, अमर/अशक्त सप्रक. सन्तति १, महिला ५, आदिवासी/जनताति ८, मधेसी ७, दलित ३, पिछडिएको क्षेत्रबाट १ जनाको आरक्षण तोकिएको छ। यस्तै सहायक निरीक्षकमा खुला १९, अमर/अशक्त सप्रक. सन्तति १, महिला ३, आदिवासी/जनताति ५, मधेसी ५, दलित २, पिछडिएको क्षेत्रबाट १ जनाले आरक्षित कोटाका लागि भिड्न पाउनेछन्।
आवेदन आजदेखि कात्तिक ४ गतेसम्मलाई तोकिएको छ। निरीक्षकमा आवेदन दिनेले एक हजार र सहायक निरीक्षकका लागि तीन सय दस्तुर बुझाउनुपर्छ। समावेशी कोटामा आवेदन दिन चाहनेले प्रत्येक समूहको २० प्रतिशतका दरले थप दस्तुर तिर्नुपर्छ।