PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

लमजुङमा खोलाले बगाउँदा दुई जनाको ज्यान गयो



पहिलोपोस्ट

लमजुङ (बेसीशहर) : जिल्लाको पूर्वी भागमा रहेको पिजेदी खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ। खोला तर्ने क्रममा गौडा–१ का ५० वर्षीय सुखे गुरुङ र पाचोक–५ का १३ वर्षिय सुजन गुरुङलाई बगाउँदा उनीहरुको मृत्यु भएको हो।
 
वर्षापछि बढेको खोला तर्ने क्रममा हिजो साँझ दुई जनालाई नै एकसाथ खोलाले बगाएको थियो। उनीहरुको मृत शरीर करिब एक सय ५० मिटर तल फेला पारिएको थियो।
 
मङ्गलबार अपराह्नदेखि भारी वर्षाका कारण खोला बढेको थियो। ठाडो खहरे खोलामा बाढी आएको र आवतजावतका लागि पुल नहुँदा बगाएको स्थानीय बासिन्दाले बताएका छन्। गुरुङद्वय आफन्त रहेको थाहा भएको छ।
 
घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलले घटनास्थलबाट शव निकालिएको बताएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell