
काठमाडौं : नेपाल बैंकमा ४७ जनाका लागि जागिर खुलेको छ। बैंकले कनिष्ठ सहायक (गोल्ड टेस्टर) पदका लागि जागिर खुलाएको हो।
बैंकको यो जागिरका लागि प्लस टु भने उत्तीर्ण हुनुपर्छ। आवेदन आगामी १५ दिनभित्र बुझाइसक्नुपर्छ।
बैंकले खुलातर्फ २६ जना माग गरेको छ। महिला ७, आदिवासी/जनजाति ६, मधेसी ४, दलित २, अपाङ्ग १ र पछडिएका क्षेत्रबाट १ कर्मचारी माग गरेको हो। जागिरका लागि १८ वर्ष पूरा भइ ३५ ननाघेको हुनुपर्छ। परीक्षणकाल ६ महिनाका हुनेछ भने कार्यक्षेत्र बैंकले खटाएको जुनसुकै शाखामा जानुपर्ने बैंकले जनाएको छ।