PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

प्रधानमन्त्री भन्छन्- 'गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति दिइन्न'



पहिलोपोस्ट

प्रधानमन्त्री भन्छन्- 'गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति दिइन्न'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको सफल समापनसँगै विकास र समृद्धिले गति पैदा गर्ने बताएका छन्।
 
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले आज आयोजना गरेको अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सुरुवात गरिएको बताए। 'सेना समायोजन, हतियार व्यवस्थापन जस्ता महत्वपूर्ण काम सहज र मौलिक ढङ्गले निष्कर्षमा पुर्‍यायौं,' उनले भने, 'अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन ढिलाइ गर्नु हुँदैन।’
 
प्रधानमन्त्रीले संक्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र पुनर्निर्माणको काम अघि बढ्नेमा जोड दिँदै गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने बताएका छन्। फोटो : प्रचण्डको सचिवालय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell