PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

राष्ट्रिय कयाक म्याराथनको उपाधि मगरलाई



पहिलोपोस्ट

राष्ट्रिय कयाक म्याराथनको उपाधि मगरलाई

नवलपरासी : नवलपरासीमा सम्पन्न प्रथम राष्ट्रिय कयाक म्याराथन प्रतियोगिताको उपाधि तनहुँका सोमबहादुर मगरले हात पारेका छन्।
 
जुगेडीदेखि नवलपरासीको गैँडाकोट नारायणी तीरसम्मको २० किलोमिटरको दुरीमा भएको प्रतियोगितामा २७ जना खेलाडीलाई पछाडि पार्दै मगरले उपाधि कब्जा गरेका हुन्। उनले निर्धारित दुरी १ घन्टा ३ मिनेट २६ सेकेन्डमा पार गरेका थिए।

 
नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन नवलपरासीको आयोजनामा नारायणी नदीमा भएको प्रतियोगितामा तनहुँकै खेमबहादुर थापा दोस्रो, चितवनका राजेन्द्र गुरुङ तेस्रो, तनहुँका भरत गुरौं चौथो र चितवनका नवीन गुरुङ पाँचौँ भए। प्रतियोगिताका उत्कृष्ट पाँच जनालाई चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले क्रमशः १५ हजार, १२ हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगद र पदक प्रदान गरेका थिए। रासस (फोटो : भीष्मराज थपलियाको फेसबुकबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell