PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

कोरियामा कविता प्रतियोगिता, जीवनको 'माहुरी जिन्दगी' प्रथम



पहिलोपोस्ट

कोरियामा कविता प्रतियोगिता, जीवनको 'माहुरी जिन्दगी' प्रथम

सोल : संविधान दिवसको अवसरमा दक्षिण कोरियास्थित नेपाली दूतावासले आयोजना गरेको कविता प्रतियोगितामा जीवन खत्री प्रथम भएका छन्।
 
दूतावास परिसरमा आयोजित प्रतियोगितामा ‘माहुरी जिन्दगी’ शीर्षकको कविताबाट उनले प्रथम पुरस्कार हात पारे। यस्तै, ‘विशाल नेपाल’शीर्षकको कविताका लागि सुरेश सम्बाहाम्फे र ‘रंगीन बचेराहरु’बाट प्रमोद गौतम तृतीय भए। पुरस्कृत कविहरूलाई कार्यवाहक राजदूत किरण शाक्यले प्रमाणपत्र र ट्रफी प्रदान गरे। 
 
दूतावासले नेपालको संविधान तथा राष्ट्रिय दिवस २०७३ को अवसर पारी देशप्रेम तथा नेपालको विकासको सेरोफेरोमा कोरियामा रहेका नेपालीहरुबीच कविता प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा सहभागी कविमध्ये २० प्रतियोगी कवि छनोट गरेर वाचनका लागि आह्वान गरिएको थियो।
 
कोरियाका लागि कार्यवाहक राजदूत किरण शाक्य र श्रम सहचारी देवराज ढकालले विजयी कविहरुलाई ट्रफी र सम्मानपत्र अर्पण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell