PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

जर्मन बुण्डेसलिगा : वल्फस्वर्गलाई ५-१ ले हराउँदै बोरुसिया डर्टमण्ड शीर्ष स्थानमा उक्लियो



पहिलोपोस्ट

जर्मन बुण्डेसलिगा : वल्फस्वर्गलाई ५-१ ले हराउँदै बोरुसिया डर्टमण्ड शीर्ष स्थानमा उक्लियो

बोरुसिया डर्टमण्ड जर्मन बुण्डेसलिगाको शीर्ष स्थानमा उक्लेको छ। गएराति भएको खेलमा वल्फस्वर्गलाई ५-१ गोल अन्तरले हराउँदै डर्टमण्ड वायर्न म्युनिखलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो।
 
डर्टमण्डको जितमा पियरे एमरिक औवामेएङले २ गोल गरे भने राफेल गुएरेइरो, ओसमान डेम्बेले र लुकास पिज्जेकले १-१ गोल गरे।
 
वायर्न समान ९ अंक भए पनि गोल अन्तरका आधारमा डर्टमण्ड अगाडि रहेको हो। ४ खेल खेलेको डर्टमण्डले ३ मा जित र एकमा हारको नतिजा निकाल्दै ९ अंक जोडेको हो।
 
एक खेल कम खेलेको अपराजित वायर्नको पनि ९ अंक नै छ। यस्तै ३ खेल नै खेलेको हेर्थ बर्लिन र ४ खेल खेलेको इनट्रयाच फ्रायङ्फर्टको पनि ९ अंक नै छ। गोल अन्तरका आधारमा हेर्थ बर्लिन तेस्रो र इनट्रयाच फ्रायङ्फर्ट चौथो स्थानमा छ।
 
इनट्रयाच फ्रायङ्फर्टले गएरातिको खेलमा इङगोल्स्टाडलाई २-० ले हरायो। उसको जितमा डेविड अब्राहम र बास्टियन ओजिप्काले १/१ गोल गरे। अर्को खेलमा फेइवर्गले ह्यामबर्गर एसभीलाई १-० ले पराजित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell