PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

घर भत्किएर किच्दा धनकुटामा एक महिलाको मृत्यु



पहिलोपोस्ट

धनकुटा : धनकुटाको पाख्रीबासमा आज घर भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

लगातारको वर्षाका कारण घर भत्किएर किच्दा पाख्रीबास नगरपालिका–८ खोलाखर्ककी ५३ वर्षीया नरमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घरले थिचिएर कार्कीको घटनास्थलमै मृत्यु भएको हो।   सोही घरमा बास बसेका एक बटुवा पनि घाइते भएका छन्। उनको पहिचान हुन बाँकी छ।

घर भत्किएर पुरिएका उनलाई उद्धार गरी निकालेर उपचारका लागि पठाइएको स्थानीय दीपा तामाङले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell