PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

विद्युत आयोजनाको निरीक्षणमा ऊर्जामन्त्री, आयोजना स्थलमै पुगेर काम चाँडो गर्न निर्देशन



पहिलोपोस्ट

विद्युत आयोजनाको निरीक्षणमा ऊर्जामन्त्री, आयोजना स्थलमै पुगेर काम चाँडो गर्न निर्देशन

हेटौंडा : ऊर्जामन्त्री जनार्दन शर्मा जलविद्युत आयोजनाको निरीक्षणमा निस्कन थालेका छन्। उनले मकवानपुरको कुलेखानी जलविद्युत् आयोजना प्रथम निबुवाटार, दोस्रो आयोजना भैंसे र निर्माणाधीन आयोजना तेस्रोको आज स्थलगत निरीक्षण गरे।
 
निरिक्षणको अवसरमा उनले निर्माणाधीन तेस्रो आयोजनाका सम्बन्धित पदाधिकारीलाई छिटोभन्दा छिटो उक्त आयोजना निर्माण कार्य सञ्चालन गरी लक्ष्यअनुसार उत्पादन कार्य सञ्चालनमा ल्याउन निर्देशन पनि दिए।

कुलेखानी प्रथम आयोजनाबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट नियमित विद्युत् उत्पादन हुँदै आएको छ। निर्माणाधीन तेस्रो विद्युत् आयोजनाबाट ३२ मेगावाट विद्युत् उत्पादन गर्ने गरी निर्माण कार्य सुरु गरिएको सो आयोजनाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell