PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

काठमाडौंको मुलपानीमा डुबान, प्रहरीले गर्‍यो ७० जनाको उद्धार



पहिलोपोस्ट

काठमाडौंको मुलपानीमा डुबान, प्रहरीले गर्‍यो ७० जनाको उद्धार

काठमाडौं : गएराति परेको वर्षाका कारण काठमाडौंका बागमती लगायतमा पानीको बहाव बढेको छ। ठाउँठाउँमा डुबानको समस्या देखिएको छ।
 
कागेश्वरी मनहरा नगरपालिका–८ मुलपानी तिवारी टोलमा खहरे खोलाको भेल पस्दा ५०/६० घर डुबान परेको प्रहरीले जनाएको छ। डुबानमा परेका ७० जनाको भने उद्धार गरी सुरक्षित स्थानमा सारिसकिएको छ।
 
देशको मध्य र पूर्वी भेगमा न्युनचापीय क्षेत्रको प्रभावका कारण मौसममा खराबी आएको मौसमविदहरुको भनाइ छ। मौसम पूर्वानुमान महाशाखाले पछिल्लो विवरणअनुसार आज काठमाडौँमा २४ मिलिमिटर वर्षा भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell