PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

क्रान्तिकारीभन्दा विद्रोही बन्नुपर्छ विद्यार्थी : सञ्चारमन्त्री कार्की



पहिलोपोस्ट

क्रान्तिकारीभन्दा विद्रोही बन्नुपर्छ विद्यार्थी : सञ्चारमन्त्री कार्की

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकलाई जोगाउने अभिभारा विद्यार्थीको काँधमा आएको बताएका छन्।
 
दोस्रो उपत्यकास्तरीय अन्तर कलेज क्रान्तिकारी फुटसल प्रतियोगिताको आज उद्घाटन गर्दै उनले गणतन्त्रको संस्थागत विकासका लागि विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए।
  
मन्त्री कार्कीले देशमा प्रजातन्त्र र गणतन्त्र आइसकेको भनेर ढुक्क नरहन विद्यार्थीलाई आग्रह गर्दै मुलुकको विकास र समृद्धिमा लाग्न अह्वान समेत गरे।
  
विद्यार्थी क्रान्तिकारीभन्दा पनि विद्रोह स्वभावको हुनुपर्नेमा जोड दिँदै उनले विद्यार्थी जहिले पनि आफ्नो अधिकारका लागि सत्ता र शक्तिका विरुद्ध लड्नुपर्ने आवश्यकता औल्याँएका थिए।
  
अखिल क्रान्तिकारी क्याम्पस जिल्ला कमिटी काठमाडौंको आयोजनामा भएको प्रतियोगितामा उपत्यकाका ३४ क्याम्पसको सहभागिता रहेको क्रान्तिकारीका सचिवालय सदस्य डिबी साउदले जानकारी दिए। प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell