PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

आइभरीकोष्टका मिडफिल्डर याया टुरेले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



पहिलोपोस्ट

आइभरीकोष्टका मिडफिल्डर याया टुरेले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

आइभरीकोष्टका मिडफिल्डर याया टुरेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।
 
इंगलिस क्लब म्यानचेष्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने टुरेले मंगलबार सन्यासको घोषणा गरेका हुन्। क्लबका प्रशिक्षक पेप गोर्डिओलाले म्यानचेष्टर सिटीबाट खेल्न टुरेले माफ माग्नुपर्ने बताउनुअघि मात्र उनले अन्तर्राष्ट्रिय फुटबलबाट टाढिने घोषणा गरेका हुन्।
 
सन् २००४ मा आइभकोष्टका लागि डेब्यु गरेका टुरेले ११३ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। यस क्रममा उनले सन् २०१५ मा आइभरीकोष्टलाई अफ्रिकन कप अफ नेसन्सको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले।
 
सन् २०११ देखि २०१४ सम्म लगातार ४ पटक अफ्रिकन प्लेअर अफ दि इअर को अवार्ड जितेका टुरेले सन्यासको घोषणा गर्नु जीवनकै सबैभन्दा कठिन निर्णय मानेका छन्। 'यो नोट लेखिरहनु मेरो जीवनको सबैभन्दा कठिन म्याच हो,' टुरेले स्टेटमेन्टमा भनेका छन्, '१४ वर्ष करिअरको उच्च फर्ममा रहेपछि यो नै उपयुक्त समय भएको मलाई लाग्यो।'
 
सन् २०१४ मा डिडियर ड्रोग्बाले सन्यास लिएपछि टुरे आइकोष्टको कप्तान समेत बनेका थिए। १४ वर्षे अन्तर्राष्ट्रिय करियरमा टुरेले आइभरीकोष्टका लागि ३ वटा विश्वकप र ६ वटा अफ्रिकन कपमा प्रतिनिधित्व गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell