PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

काश्मिर काण्ड चर्किरहेका बेला सार्क क्षेत्रीय सम्मेलन, पाकिस्तानी पूर्वप्रम नेपाल आउँदै



मनोज सत्याल

काश्मिर काण्ड चर्किरहेका बेला सार्क क्षेत्रीय सम्मेलन, पाकिस्तानी पूर्वप्रम नेपाल आउँदै

काठमाडौं : भारत र पाकिस्तानबीच यति बेला काश्मिरको विषयलाई लिएर द्वन्द्व उत्कर्षोन्मुख छ। तर, नेपालले सार्कलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्दै आएको छ। सार्कलाई प्रभावकारी बनाउन भन्दै नेपालले आउँदो १३ र १४ गते क्षेत्रीय सम्मेलन गर्दैछ।

दक्षिण एसियाली शिखर सम्मेलन भने आउँदो महिनाको कात्तिक २४ र २५ गते पाकिस्तानको राजधानी इस्लामाबादमा हुने भएको छ। भारतले सम्मेलनमा असहभागिता जनाउन सक्ने अनुमानका बीच सार्कको चर्चा यति बेला चुलिएको छ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सार्कको प्रभावकारिताका विषयमा सार्क राष्ट्रका संसदको अन्तराष्ट्रिय सम्बन्ध हेर्ने समितिहरुको सम्मेलन आयोजना गरेको हो।

सम्मेलनको प्रमुख अतिथिको रुपमा पाकिस्तानका पूर्वप्रधानमन्त्री चौधरी सौजात हुसेन काठमाडौं आउने भएका छन्। सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै, सम्मेलनमा सार्क मुलुकका संसदीय समितिका सभापतिहरुले पनि सम्बोधन गर्नेछन्।


केके छन् एजेन्डा?

सम्मेलनमा सार्कको तीन दशकको विषयमा बंगलादेशका फारुख सोबन र नेपालका आनन्द आदित्यले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै सार्क मुलुकका बीचमा आर्थिक सहयता विषयमा डा. शंकर शर्माले कार्यपत्र पेश गर्नेछन्। सार्क राष्ट्रबीच समझदारी वृद्धि र क्षेत्रीय सहयताका विषयमा महेन्द्र लामा र डा. दुर्गेशमान सिंहको पनि कार्यपत्र रहनेछ।

सार्क क्षेत्रको कनेक्टिभिटीका विषयमा राजु मल्ल ढकालले कार्यपत्र प्रस्तुत गर्नेछन्। दुईदिने सम्मेलनमा सार्क क्षेत्रीय स्तरको संयन्त्र निर्माणमा समेत छलफल हुनेछ। सो विषयमा युवराज संग्रौलाले कार्यपत्र प्रस्तुत गर्ने तय संसदीय समितिले गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell