PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

दुर्घटना बढेपछि सप्तकोसीमा डुङ्गा सञ्चालनमा रोक



पहिलोपोस्ट

दुर्घटना बढेपछि सप्तकोसीमा डुङ्गा सञ्चालनमा रोक

इनरुवा : केही दिनअघि सप्तकोसी नदीमा डुंगा दुर्घटना भएपछि तत्कालका लागि डुङ्गा सञ्चालनमा रोक लगाइएको छ।
 
बारम्बार दुर्घटना हुन थालेको जनाउँदै जिल्ला प्रशासन कार्यालय सुनसरीले डुङ्गा सञ्चालनमा रोक लगाएको हो। जिल्ला सुरक्षा समितिको बैठकले डुङ्गा सञ्चालनलाई व्यवस्थित बनाउन अर्को निर्णय नहुञ्जेलसम्मका रोक लगाउने निर्णय गरिएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।
 
जिल्लाको श्रीलङ्का टापुबाट प्रकाशपुरतर्फ आउँदै गरेको डुङ्गा शनिबार सप्तकोसीमा दुर्घटना हुँदा बेपत्ता भएका ९ जनाको अवस्था अझै अज्ञात छ। उनीहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ। फोटो : nepalibuzz.com

सम्बन्धित समाचार- कोसी नदीमा डुंगा पल्टिँदा डुबेका ३६ जनाको उद्धार, ९ जना अझै बेपत्ता



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell