PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

विश्वले उत्कृष्ट मानेको संविधानमा खोट लगाउने ठाउँ छैन : सुवास नेम्बाङ



पहिलोपोस्ट

विश्वले उत्कृष्ट मानेको संविधानमा खोट लगाउने ठाउँ छैन : सुवास नेम्बाङ

सुरुङ्गा (झापा) : नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले संविधानमा खोट लगाउने ठाउँ नभएको बताएका छन्।
 
आज झापाको दमकमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व सभामुख समेत रहेका उनले संविधानसभाबाट प्राप्त नेपालको संविधानमा खोट लगाउने ठाउँ नरहेको प्रस्ट पारे। संविधान समझदारीको साझा दस्तावेज भएको बताउँदै उनले सबैले भनेजस्तो र चाहेजस्तो संविधान नभए पनि त्यसलाई परिमार्जित गर्दै लान सकिने बताए।
 
नेपालको संविधानलाई विश्वले उत्कृष्ट मानेको र महिलालाई राष्ट्रपति, सभामुख, प्रमुख न्यायाधीशसम्म बनाउन सक्ने मार्गनिर्देश गरेको उनको भनाइ थियो। नयाँ संविधान आदिवासी, जनजाति, महिलामैत्री भएको समेत उनले दाबी गरे।
 
एक फरक प्रसङ्गमा उनले प्रदेशको निर्वाचनपछि प्रदेशको नामकरण गर्न सकिने भन्दै असन्तुष्ट दललाई संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell