PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणी- 'संविधानमाथि नै राजनीति धेरै भयो'



पहिलोपोस्ट

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणी- 'संविधानमाथि नै राजनीति धेरै भयो'

काठमाडौं : पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानमाथि नै धेरै राजनीति भएका कारण पूर्ण कार्यान्वयनले गति लिन नसकेको टिप्पणी गरेका छन्। 

नेपाल कानुन समाजले आज ललितपुरमा गरेको ‘संविधान जारी भएको एक वर्षका प्रतिबिम्ब’विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको संविधानले राजनीतिलाई सुसंस्कृत तुल्याउनुपर्ने बताए। 'कानुन मान्ने संस्कृतिको विकास गर्न आवश्यक छ। नेताले जित्ने, जनताले हार्ने संविधान हामीले खोजेका होइनौँ,' उनले भने।
 
संसद् र सांसद रुपान्तरण हुने, जनताले चाँहि रुपान्तरणको अनुभूति गर्न नपाउने भन्ने हुन नहुने बताउँदै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, 'मोटो आकारमा आएको संविधानमा उल्लेखित अधिकारको तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता भने कमजोर छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell