PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

चीनबाट भित्रिँदै १०० कन्टेनर स्याउ



पहिलोपोस्ट

रसुवा : बडा दसैँका लागि फलफूल आपूर्ति गर्न यहाँका व्यवसायीले चिनियाँ स्याउ रसुवागढीबाट आयात गर्न थालेका छन्।
 
जिल्ला ट्राफिक प्रहरी इन्चार्ज जयराम पुडाशैनीले मङ्गलबार साँझ अवरुद्ध स्याफ्रु टिमुरे सडकखण्डको राजमार्ग खुलेलगत्तै अहिलेसम्म ४० कन्टेनर चिनियाँ स्याउ काठमाडौँतर्फ लगिसकेको १५–२० वटा स्याउ बोकेका ट्रक भन्सार हातामा आइसकेको र लगभग १०० ट्रक स्याउ नेपाल भित्रने क्रममा रहेको बताए।
 
यस्तै दसैँका लागि व्यापारीहरुले ल्याएका लत्ताकपडा लगायतका सामान बोकी आएका सयौँ ट्रक कन्टेनरको भन्सार परीक्षण प्रक्रिया सुरु भइसकेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell