PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

आप्रवासीको डुङ्गा पल्टिँदा तीसको मृत्यु



पहिलोपोस्ट

कायरो : इजिप्टको उत्तरी तटीय क्षेत्रमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको छ।
 
अझै पनि उद्धारको प्रयास जारी रहेको मेना समाचार समितिले बुधबार जानकारी दिएको छ।
 
इजिप्टको उत्तरी प्रान्त बेहैरानजिकै तटीय क्षेत्रमा करिब ६ सय व्यक्ति बोकेको सो डुङ्गा दुर्घटनाग्रस्त भएको बताइएको छ।
 
इजिप्टको सेख प्रान्तको कफ्रएल गाउँबाट इटालीतर्फ गैरकानुनी प्रवेशआज्ञा लिई बसाईसराईका लागि गइरहेका ती आप्रवासीको डुङ्गा दुर्घटना भएको थियो।
 
सीमा सुरक्षा गार्डहरूले यस दुर्घटनामा परेका करिब १ सय व्यक्तिलाई उद्धार गरेका छन्।
 
ती सीमा सुरक्षा गार्डहरूले तीस व्यक्तिको शवलाई निकालेको बताइएको छ।
 
उद्धार गरी निकालिएका केही व्यक्तिलाई भने उपचारार्थ अस्पताल लगिएको छ । रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell