PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

८ वर्षे बालकलाई खोलाले बगायो, खोजीकार्य जारी



पहिलोपोस्ट

पाँचथर : हेवाखोलाले बगाएर पाँचथरको फिदिम नगरपालिका–४ का एक बालक  बेपत्ता भएका छन्।
 
बेपत्ता हुनेमा केशव कटुवालका ८ वर्षीय छोरा रिसव रहेको प्रहरीले बताएको छ। उनी दौडने क्रममा डिलबाट बुधबार साँझ खोलामा खसेका थिए।
  
नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीले खोजी गरे पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell