PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

लागुऔषध कारोबारी रतन संघाईको अनुसन्धान म्याद अब कति?



सविन ढकाल

लागुऔषध कारोबारी रतन संघाईको अनुसन्धान म्याद अब कति?

काठमाडौं : अन्तर्राष्ट्रिय रुपमा लागुऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले व्यवसायी घरानाका रतन संघाइलाई पक्राउ गरेको दुई महिना भइसक्यो। तर अझै अनुसन्धान सकेको छैन।
 
प्रहरीले ललितपुरमा संघाइले सञ्चालन गरेको प्लास्टिक उद्योगबाट लागुऔषध बनाउन प्रयोग हुने ४ सय ७१ किलोग्राम सिउडोइफेड्रिन बरामद गरेपछि संघाइलाई पक्राउ गरी गत साउन १६ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो।  प्रहरीले अहिले अदालतमा म्याद थप गरी संघाईको कारोबारबारे अनुसन्धान गरिरहेको जनाएको छ।
 
प्रहरीले पछिल्लो समय म्याद थप गरेको ७ दिनको समय असोज ८ गते सकिँदैछ। अहिलेसम्म ६ पटक ललितपुर जिल्ला अदालतबाट म्याद थप गरिसकिएको छ। ६ पटकमा प्रहरीले ६० दिन अर्थात् २ महिना म्याद थप गरिसक्यो।
 
कानुनी व्यवस्थाअनुसार प्रहरीले संघाइलाई अब ३० दिन मात्र थुनामा राखेर अनुसन्धान गर्न सक्छ। एक महिनापछि प्रहरीले सबुत प्रमाणसहित अदालतमा मुद्दा अगाडि बढाउनुपर्छ। तर अहिलेसम्म प्रहरीले अन्य थप प्रमाण भने हात पार्न सकेको छैन।
 
लागुऔषध नियन्त्रण ब्युरोका एसपी वीरेन्द्र श्रेष्ठले पहिलोपोस्टसँग भने, 'थप प्रमाण जुटिसकेको छैन। हामीसँग अझै एक महिना छ। यो अवधिमा प्रमाण सहित अदालतमा मुद्दा पेश गर्नेछौं।'
 
यही मुद्दामा जोडिएका बारा गढिमाई-७ जितपुरमा रहेको आर्य फर्मा ल्याब प्राइभेट लिमिटेडका सञ्चालक पवन संघाई भने अझै फरार छन्। उनले सञ्चालन गरेको आर्य फर्माले चार वर्षदेखि लागुऔषधका लागि प्रयोग हुने सिउडोइफेड्रिन नामक औषधीको कारोबार गरेको तथ्य फेला परेको हो। उनी पक्राउ परे अदालतमा मुद्दा चलाउन अझ सहज हुने प्रहरीको भनाइ छ। (फोटो सम्पादन गरेर राखिएको हो।)

सम्बन्धित समाचार-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell