लहान : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मा आज बिहान नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट नामथर नखुलेका अन्दाजी ३० वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
यस्तै सिरहाको धनगढीमाई नगरपालिका–१३ मा बुधबार साँझ इनारमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
स्थानीय हरिनारायण यादवको सात वर्षीया छोरी अन्जली खेल्ने क्रममा चिप्लेर इनारमा खसेकी थिइन्। छिमेकीले उनलाई खसेको देखेपछि निकाल्न लाग्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। रासस