PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेमोरी क्लिनिक



पहिलोपोस्ट

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेमोरी क्लिनिक

काठमाडौं : विश्व अल्जाइमर्स दिवसको सन्दर्भ पारेर आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले चेतनामूलक कार्यक्रम सहित मेमोरी क्लिनिक सुरु गरेको छ।

‘मलाई सम्झ’ (रिमेम्बर मी) भन्ने नाराका साथ संसारभर विश्व अल्जाइमर्स दिवस मनाइँदै गर्दा अस्पतालले औपचारिक कार्यक्रम गरी मेमोरी क्लिनिकको सुरुवात गरेको हो।
 
मेडिको सोसियल समस्याका रुपमा फैलँदो अवस्थामा रहेको अल्जाइमर्सबारे जनचेतना जगाउन र सम्बन्धित बिरामीका लागि उपलब्ध विशेषज्ञ सहितको उपचार सेवाबारे समेत जानकारी गराउन क्लिनिक सुरु गरिएको अस्पतालले जनाएको छ।
 
अल्जाइमर्स डिजिज इन्टरनेसनलले सेप्टेम्बर महिनाभर ‘वर्ल्ड अल्जाइमर्स मन्थ’का रूपमा विविध चेतनामूलक कार्यक्रम गरी संसारभर मनाउने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell