PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

घनश्याम राजकर्णिकारलाई एक लाख राशीको 'शमी साधना सम्मान'



पहिलोपोस्ट

घनश्याम राजकर्णिकारलाई एक लाख राशीको 'शमी साधना सम्मान'

 
काठमाडौं : यस वर्षको ‘शमी साहित्य साधना सम्मान’साहित्यकार घनश्याम राजकर्णिकारलाई प्रदान गरिएको छ।
 
शमी साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले एक लाख १०१ नगदसहित राजकर्णीकारलाई सम्मान गरे।
 
यसैगरी कार्यक्रममा २५ हजार १०१ राशीको ‘शमी युवा प्रोत्साहन पुरस्कार’ पर्वतका युवा वैज्ञानिक अमन पौडेललाई प्रदान गरिएको छ। २० हजार १०१ राशी भएको ‘सम–समता लैङ्गिक अध्ययन पुरस्कार २०७१' भुटनदेवी उच्च मावि मकवानपुरकी सिर्जना परियार र ‘सम–समता लैङ्गिक अध्ययन पुरस्कार’ २०७२ नवोदित उच्च मावि काठमाडौंका राज ढुङ्गानालाई प्रदान गरिएको छ।
 
सम्मान प्रदान गर्दै कुलपति सरुभक्तले सम्मानले प्रतिभाको उत्साह बढाएको भन्दै प्रतिष्ठानले साहित्यिक क्षेत्रलाई भन्दा बाहिरका युवा प्रतिभालाई पुरस्कृत गरेकामा प्रशंसा गरे।
 
उनले विज्ञान क्षेत्रसँग पनि साहित्यको अन्तरसम्बन्ध भएको उल्लेख गर्दै प्रतिष्ठानले थप क्षेत्रलाई समेट्नुपर्नेमा जोड दिए।
 
प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले पुरस्कारको दायरालाई बढाउँदै लगिने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell