21.jpg)
- सरिता पौडेल
भरतपुर अस्पतालको सी ब्लक भवनको सिलान्यास गर्न चितवन आएका मन्त्री थापासँग बालबालिकाहरुले आफ्नो जीवनको रक्षा गरिदिन माग गरेका हुन्। टाँडीका १६ वर्षीय महेश चौधरीले मन्त्री थापासँग थालेसिमियाको बिरामीको उपचार सहज र नि:शुल्क गरिदिन आग्रह गरे। थालेसिमिया रगतमा हेमोग्लोबिन कम हुँदा लाग्ने एकखालको रोग हो।
(17).jpg)
सो अवसरमा चितवन सहायता समाजले थालेसिमियाका बिरामीको उपचारमा सहयोग गर्न भरतपुर अस्पताललाई ९० हजार रुपैयाँ हस्तान्तरण गरेको छ। मन्त्री थापामार्फत अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीलाई संस्थाका सदस्य केशवराज सुवेदी र विरामी बालबालिकाले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजेन्द्र पौडेलले थालेसिमियाका बिरामीको अवस्था अत्यन्त दयनीय भएको र राज्यले कुनै सम्बोधन नगरेकाले यसबारे मन्त्रीको ध्यानाकर्षण गराउँदै नीति बनाउनुपर्नेमा जोड दिए। यस विषयमा मन्त्री थापाले बिरामीका लागि आफूले सक्दो सहयोग गर्ने वचन दिएका छन्। उनले थालेसिमियाका बिरामीको जीवन रक्षागर्ने आफ्नो दायित्व भएको बताउँदै बालबालिकालाई आश्वस्त पारे।