PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

मनास्लु पदमार्गको पहिरोमा एक विदेशी नागरिक सहित चार जनाको मृत्यु



पहिलोपोस्ट

मनास्लु पदमार्गको पहिरोमा एक विदेशी नागरिक सहित चार जनाको मृत्यु

काठमाडौं : गोरखा जिल्लाको मनास्लु पदमार्गमा पर्ने उहिया गाविसको दोभार भन्ने ठाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा एक विदेशी पर्यटक पनि रहेका छन्।
 
मृत्यु हुनेहरुमा ओखलढुंगाकी २५ वर्षीया रञ्जना बस्नेत, काठमाडौंका ३५ वर्षिय दोर्जे लामा, ३० वर्षिय छिरी शेर्पा र स्पेनिस एक नागरिक रहेका छन्। पहिरोमा परी ६ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

घाइतेहरुलाई उद्धार गरी को फिष्टेल एयरको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ। घटनास्थलमा अहिले प्रहरी टोली पुगेर शव निकाल्ने कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
(मनास्लु ट्रेकरुट, फोटो : manaslucircuittrek.com)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell