काठमाडौं : अवैध रुपमा चन्दा असुल्दै गरेको अवस्थामा पक्राउ परेका नेता छुटाउन नेकपा माओवादीको वैद्य समूहले आन्दोलन गर्ने चेतावनी दिएको छ।
पक्राउ परेका नेतालाई तत्काल रिहा नगरे उपत्यका बन्द गर्ने माओवादीले धम्की दिएको हो। बिहीबार नेकपा माओवादी क्रान्तिकारीले पत्रकार सम्मलेलन गर्दै आन्दोलनको घोषणा गरेको हो। असोज ७ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, ८ गते दिउँसो राजधानीका विभिन्न स्थानमा सिटी जुलुस निकाल्ने र ९ गते उपत्यका बन्द गर्नेसम्मको कार्यक्रम क्रान्तिकारीले तय गरेको छ।
प्रहरीले काठमाडौंको बागबजारबाट जबर्जस्ती चन्दा असुलेको भन्दै पार्टीका नेता शिवराम यादव, राम नेपाली सहित चार जनालाई पक्राउ गरेको थियो।