PahiloPost

Mar 13, 2026 | २९ फागुन २०८२

भरतपुर अस्पताललाई प्रदेश-३ को स्वास्थ्य प्रतिष्ठान बनाउन सकिने स्वास्थ्य मन्त्रीको संकेत



पहिलोपोस्ट

भरतपुर अस्पताललाई प्रदेश-३ को स्वास्थ्य प्रतिष्ठान बनाउन सकिने स्वास्थ्य मन्त्रीको संकेत

  • सरिता पौडेल
चितवन : स्वास्थ्य मन्त्री गगन थापाले चितवनको भरतपुर अस्पताललाई प्रदेश नम्बर ३ को स्वास्थय प्रतिष्ठान बनाउन सहयोग गर्ने बताएका छन्।
 
अस्पतालको सी ब्लको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री थापाले गुरुयोजना बनाएर मन्त्रालयमा आए आफ्नो तर्फबाट सहयोग गर्ने वचन दिए। स्वास्थ्य क्षेत्रमा अनियमितता हुन नदिने समेत उनले दाबी गरेका छन्। 
 
भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अनियमितताबारे धेरै कुरा बाहिर आएको भन्दै उनले चितवनका जानकार व्यक्तिहरुसँग क्यान्सर अस्पतालको बारेमा छुट्टै छलफल गरी सुधारका काम अघि बढाउने प्रतिबद्धता पनि जनाए।
 
मन्त्री थापाले सरकारी अस्पतालहरुमा व्यवस्थापन पाटो कमजोर र अनियमितता बढी हुने भएकाले सेवा खस्किँदो अवस्थामा पुगेको भन्दै अनियमितता रोक्न आफू लागिपरेको बताएका छन्। भएका सामाग्रीहरुको पनि सही सदुपयोग नगर्दा सरकारी स्वामित्वमा रहेका अस्पतालप्रति जनताको विश्वास घटेको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell