PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

एक महिनापछि सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस, २४ टिमको सहभागिता



पहिलोपोस्ट

एक महिनापछि सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस, २४ टिमको सहभागिता

काठमाडौं : तेस्रो संस्करणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस २०१६ क्रिकेट प्रतियोगिता अक्टोबर १९ देखि २३ सम्म आयोजना हुने भएको छ। एसएस इभेन्ट्सको आयोजनामा हुने प्रतियोगितामा २४ वटा कर्पोरेट टिमहरुको सहभागिता रहने आयोजक एसएस इभेन्ट्सका सिइओ रमन सिवाकोटीले जानकारी दिए।
 
यस संस्करणमा टिम संख्यामा बढाएर २४ पुर्या‍एको उनले बताए। यसअघि १८ टिमको सहभागिता थियो।
 
सहभागी २४ टिमलाई ८ समूहमा विभाजन गरेर खेलाइने छ। हरेक समूहमा ३ टिम रहने र समूहका शीर्ष २ टिम प्रि क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

प्रतियोगितामा सहभागिताका लागि हरेक टिमले इन्ट्री फि बापत ६५ हजार बुझाउनुपर्नेछ। 

यस्तै विजेताले अर्को वर्ष हुने प्रतियोगितामा फ्रि इन्ट्री पाउने आयोजकले बताएको छ। प्रतियोगितामा सेता बल र कलरफुड ड्रेस प्रयोग गरिनेछ भने हरेक टिमलाई ड्रेस आयोजकले उपलब्ध गराउनेछ।
 
प्रतियोगिताको विनरले क्यास प्राइज पाउने छैन। तर विनर, रनर अफ, म्यान अफ दि सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र बेस्ट फिल्डरले ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन्।

पाँच दिने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। क्वारटफाइनल, सेमिफाइनल र फाइनलका खेलहरु टेलिभिजनमा लाइभ गर्ने र त्यसका लागि नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनसँग कुरा भइरहेको सिवाकोटीले बताए।

प्रतियोगितामा अहिले आधाभन्दा बढी टीमले दर्ता गरिसकेको र अक्टोबर १४ सम्म टिम दर्ता गर्ने अन्तिम डेट रहेको सिइओ सिवाकोटीले जानकारी दिए। यस्तै प्रतियोगिता खेल्नको लागि सम्बन्धीत कर्पोरेट हाउसमा ६ महिनादेखि कार्यरत हुनुपर्ने र २५ वर्षभन्दा माथि उमेरको हुनुपर्ने पनि आयोजकले जनाएको छ।
 
प्रतियोगिताको मुख्य प्रायोजक सेन्चुरी बैंकले तीन वर्ष देखि प्रायोजन गर्दै आएको छ। तीन वर्षे सम्झौता सकिन लागे पनि आयोजक र बैंकले समझदारीमा आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने बताएका छन्।
 
'सुरुमा तीन वर्षको लागि सम्झौता गरेका थियौं, एसएस इभेन्ट्सले अहिलेसम्म जसरी काम गर्दै आएको छ, त्यसबाट हामी प्रभावित छौं र चौथो संस्करण लगायत आगामी दिनमा पनि यसलाई निरन्तरता गर्ने सोचमा छौं,' सेन्चुरी बैंकका असिस्टेन्ट म्यानेजर सुवास शर्माले बताए। 

राष्ट्रिय क्रिकेट टीमका भरपर्दा खेलाडी सुवास खकुरेल आयोजक एसएस इभेन्ट्सका म्यानेजिङ डिरेक्टर तथा ब्राण्ड एम्बासडर समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell