PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

४६औँ थाक खेलकुद महोत्सव : मुस्ताङमा भलिबलको क्रेज



पहिलोपोस्ट

४६औँ थाक खेलकुद महोत्सव : मुस्ताङमा भलिबलको क्रेज

मुस्ताङ : मुस्ताङको कोबाङमा जारी ४६ औँ थाक खेलकुद महोत्वसवमा भलिबलको क्रेज देखिएको छ। हिमाल पारीको जिल्लाको रुपमा चिनिएको मुस्ताङमा पनि हरेक वर्ष महोत्सव आयोजना हुँदा भलिबलको क्रेज उस्तै देखिन्छ। स्थानिय टीमको सहभागिता रहनेभएपनि प्रतियोगितामा आधा दर्जन भन्दा बढी टीमको सहभागिता रहेको छ। यस्तै दर्शक र समर्थक पनि उस्तै देखिन्छन्।
 
महोत्सवमा भलिबलसँगै धनुषबाण प्रतियोगिता पनि समावेश छ। यस्तै विभिन्न खालका स्थानिय संस्कृती झल्कने प्रस्तुतीहरु समेत रहेको छ।
 
बुधबारबाट सुरु भएको महोत्सवको दोस्रो दिन पनि भलिबल खेलहरु सम्पन्न भए। निर्मल स्पोर्टिङ क्लब, लेतेले दोस्रो दिन पुरुष भलिबलमा मिश्रीत सफलता हात पारेको छ। निर्मल स्पोर्टिङ क्लबले पहिलो खेलमा मिलिजुली युवा क्लब, मार्फालाई ३–० को सोझो सेटमा हरायो भने दोस्रो खेलमा जोमसोमसँग ३–२ को सेटमा गुमायो।
 
निर्मल स्पोर्टिङले मिलिजुली युवा क्लब मार्फामाथी २५–२१, २७–२५ र २५–१० को सहज जित निकाल्यो। प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा भने निर्मल स्पोर्टिङ क्लब जनहित युवा क्लब जोमसोमसँग ३–२ को सेटमा स्तब्ध भयो। खेलमा जनहित युवा क्लब जोमसोम २२–२५, २५–२३, २०–२५, २५–१६, १५–१३ ले विजयी भयो।
 
प्रतियोगितामा अपराजित रहेको जनहित युवा क्लब, जोमसोम साूह क मा २ खेलबाट ६ अंक बटुल्दै शीर्ष स्थानमा छ। त्यस्तै २ खेलबाट निर्मल स्पोर्टिङको ४ अंक रहेको छ।
 
समूह ख मा अपराजित रहेको सिक्स सोल्टिज युवा क्लब घासाले २ खेलबाट ६ अंक जोडेको छ। पहिलो खेलमा जन कल्याण युवा क्लब स्याङलाई २५–१७, २५–२३ र २५–२० को सोझो सेटमा हराएको सिक्स सोल्टि युवा क्लब घासाले प्रतिस्पर्धात्मक दोस्रो खेलमा अन्नपूर्ण युवा क्लबलाई ३–२ को सेटमा हरायो। सिक्स सोल्डिजले अन्नपूर्ण युवा क्लबमाथि १९–२५, २७–२५, १५–२५, २५–१८ र १५–१२ को रोमाञ्चक जित निकालेको थियो।
 
लिगकम नकआउटमा भएको भबिलमा पुरुषतर्फ ८ टिम र महिलामा ५ टिमको सहभागीता रहेको छ। महोत्सवमा  धनुषवाण प्रतियोगिता पनि समावेश गरिएको छ।
(फोटो :राखेप)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell