PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

​उच्च अदालतको मुख्य न्यायाधीश तोक्न सिफारिस



पहिलोपोस्ट

बनेपा : सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थामीले संविधान संशोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्।
 
काभ्रेपलाञ्चोकको महादेवस्थानस्थित कुन्ताबेँसीमा आज पत्रकारसँग कुरा गर्दै उनले संविधान संशोधनका लागि प्रधानमन्त्रीले पहल गरिरहेको बताए।
 
मन्त्री थामीले संविधान संशोधनको विषय जसरी सरकारले बुझिरहेको छ त्यसरी नै नेकपा (एमाले)ले पनि बुझेकाले राष्ट्रिय राजनीति फरक नहुने दिशाबाट संविधान संशोधन हुने विश्वास व्यक्त गरे।
 
त्यसअघि गैरसरकारी संस्था समाज सेवा समूहको कार्यक्रममा बोल्दै मन्त्री थामीले गैरसरकारी संस्था पारदर्शी हुनुपर्नेमा जोड दिए।
 
गाउँमा स्थापना भएका सङ्घ संस्थाले सेवा पाउनदेखि वञ्चित भएका सेवाग्राहीलाई सेवा दिनुपर्ने उल्लेख गर्दै उनले दातृसंस्थाले लगानी गरेको पैसाको सदुपयोग हुनुपर्ने बताए।
 
सो कार्यक्रममा सांसद विदुर सापकोटा र नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका अध्यक्ष मधु आचार्य लगायतले गैससले दुर्गम क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell