PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

सिँचाइ मन्त्री सिकिस्त, अस्पताल भर्ना



पहिलोपोस्ट

काठमाडौँ : स्वास्थ्यमा समस्या देखिएपछि सिँचाइमन्त्री दीपक गिरी अस्पताल भर्ना भएका छन्।
 
अकस्मात् रक्त सञ्चारमा खराबी देखिएपछि उनी नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा गए राती भर्ना भएको मन्त्री गिरीका स्वकीय सचिव युवराज जिसीले जानकारी दिए।
 
डा यादव भट्ट नेतृत्वको टोलीले उनको उपचार गरिरहेको छ। उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र दुई दिनपछि घर फर्कन सक्ने चिकित्सकको भनाइ उद्धृत गर्दै जिसीले बताए। 
 
उनलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेता अस्पताल पुगेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell