PahiloPost

Mar 13, 2026 | २९ फागुन २०८२

नन्दप्रसादको मृत्यु भएको २ वर्षपछि पत्नी भन्छिन् : अनशन तोड्दिन



पहिलोपोस्ट

नन्दप्रसादको मृत्यु भएको २ वर्षपछि पत्नी भन्छिन् : अनशन तोड्दिन

काठमाडौँ : छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बसेकी गङ्गामाया अधिकारीले न्याय नपाएसम्म आफूले अनशन नतोड्ने बताएकी छिन्।
 
विगत छ वर्षदेखि वीर अस्पतालमा अनशन बस्दै आउनुभएकी गङ्गामायाले आफू मर्न तयार रहेको तर छोराको हत्यारालाई कारबाही नभएसम्म अनशन नतोड्ने दृढता व्यक्त गरिन्।
 
छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बसेका नन्दप्रसाद अधिकारीको आजका दिन नै दुई वर्षअघि निधन भएको थियो।
 
विसं २०६१ मा आफ्ना कान्छा छोरा कृष्णप्रसादको तत्कालीन माओवादीद्वारा हत्या गरिएपछि कृष्णप्रसाद र गङ्गामाया दम्पती न्यायका लागि अनशनमा बसेको ३३४ दिनमा नन्दप्रसादको निधन भएको थियो।
 
नन्दप्रसादको निधन भएपछि गङ्गामाया एक्लैले अनशनलाई निरन्तरता दिँदै आएकी छिन्। यही असोज ४ गते चितवन जिल्ला अदालतले कृष्णप्रसाद हत्याको मुद्दाका सम्बन्धमा बयान दिन आउन भनेपछि उनी केही समयका लागि अनशन स्थगित गरेकी थिइन्।
 
गङ्गामायालाई वीर अस्पतामा भेट्न पुगेका मानवअधिकारवादी कपिल श्रेष्ठ, सुवोध प्याकुरेल र इन्द्र अर्यालले अधिकारीमाथि धेरै ज्यादती भएको भन्दै अनशनरत अवस्थामा मृत्यु हुनु भनेको लोकतान्त्रिक शासन व्यवस्था भएको देशका लागि लाजमर्दो भएको हुँदा आफूहरु न्यायको लडाईंमा उनलाई साथ दिने प्रतिवद्धता व्यक्त गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell