काठमाडौं : काठमाडौंको लाजिम्पाटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षका परमेश्वर अर्याल घाइते भएका छन्।
गएराति बा५च ३५३९ नम्बरको कारले बा४२प ८५३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोह्रखुट्टे कालीधाराका ३५ वर्षीय अर्याल घाइते भएका हुन्। उनको अपाङ्ग अस्पताल नारायणटार जोरपाटीमा उपचार भइरहेको छ।
मोटरसाइकल चालक भने सामान्य घाइते छन्। दुर्घटनामा संलग्न कार चालक सवारी साधन सहित फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, पुतलीसडकको शंकरदेव क्याम्पसअगाडि मोटरसाइकलको ठक्करबाट एक युवक घाइते भएका छन्।
बा५२प ७०३७ नम्बरको मोटरसाइकलको ठक्करबाट काठमाडौं घट्टेकुलो बस्ने धादिङ सिरनबजारका २० वर्षीय राज परियार घाइते भएका हुन्। उनको काठमाडौं मोडेल अस्पताल प्रर्दशनीमार्गमा उपचार भइरहेको छ। दुर्घटनमा संलग्न चालकलाई सवारी साधनसहित प्रहरी वृत सिंहदरवारले नियन्त्रणमा लिएको छ।