PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

आमा मारेर गोठमा लुकेका छोरा पक्राउ



पहिलोपोस्ट

तम्घास : वृद्ध आमाको हत्या गरी फरार भएका गुल्मी दिब्रुङ गाविस– २ दहका ४१ वर्षीय वीरबहादुर काउचालाई प्रहरीले पक्राउ गरेको छ।
 
बुधबार राति आफ्नै घरमा सुतिरहेकी ७१ वर्षीय आमा मोती काउचालाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले वीरवहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए।
 
प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शान्तिपुरबाट खटिएको प्रहरी टोलीले स्थानीयको गोठमा लुकेर बसेको अवस्थामा काउचालाई पक्राउ गरेका छन्।
 
हत्या अभियोगमा पक्राउ परेका काउचालाई आज बिहान जिल्ला प्रहरी कार्यालय तम्घास पुर्‍याइएको छ। घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell