PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

हराएको एसएमजी र २५० राउन्ड गोली भेटियो



पहिलोपोस्ट

हराएको एसएमजी र २५० राउन्ड गोली भेटियो

भीमदत्तनगर : साउनको तेस्रो साता नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल डोटीबाट हराएको हतियार र गोली फेला परेको छ।
 
पृतना सुरक्षार्थ खटिएको सेनाको गरुडदल गणको एक टुकडीबाट एक थान एसएमजी र त्यसमा प्रयोग हुने २५० भन्दा बढी राउन्ड गोली गायब भएको थियो। सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले ती हतियार पृतना वरिपरिकै क्षेत्रमा भेटिएको बताए।
 
उनले भने, ‘हतियार लोकेट भइसकेकाले भेरिफाई हुने काम भइरहेको छ। ती हतियार खोज्न सेनाको विभिन्न टोली परिचालित थिए।’ हतियार खोज्न बिहीबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत दिपायल पुगेको थियो। रासस

(प्रतीकात्मक फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell