PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वीरगन्ज ड्राइपोर्टका मजदुरद्वारा ज्यालवृद्धिको माग, पैसा नबढाए काम ठप्प पार्ने चेतावनी



राधेश्याम पटेल

वीरगन्ज ड्राइपोर्टका मजदुरद्वारा ज्यालवृद्धिको माग, पैसा नबढाए काम ठप्प पार्ने चेतावनी

वीरगन्ज : सिर्सिया सुख्खा बन्दरगाह वीरगन्जमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरुले पारिश्रमिक वृद्धिका लागि माग गरेका छन्। मालसमान लोडअनलोड गर्ने करिब चार सय कामदारले ठेकेदारसँग दैनिक ज्यालादारी बढाउनुपर्ने माग गरेका हुन्।
 
उनीहरुले सशस्त्र प्रहरी बेस क्याम्प अलौअगाडि रहेको बगैंचामा भेला गरेर ज्याला वृद्धिको गर्नुपर्ने निर्णय गरेका हुन्।
 
मजदुर अगुवा भोला पासवानका अनुसार रेलको एउटा वोगीको समान अनलोड गरेबापत ठेकेदारले ३ हजार ५ सय र प्रति बोरा ट्रक वा अन्य गाडीमा लोड गर्दा कम्तीमा ४ रुपैयाँ दिनुपर्ने माग रहेको बताए। ठेकेदार पक्षले यस्तो नगरे काम ठप्प पारी कडा आन्दोलनमा उत्रिने कामदारहरुले चेतावनी दिए। 
 
यसअघि ठेकेदार पक्षले रेलको एउटा वोगीको समान अनलोड गरे बापत २ हजार २ सय रुपैयाँ र प्रतिबोराको समान गाडीमा लोड गर्दा २ रुपैयाँ दिँदै आएको छ। गत वर्ष माससमान ओसापसार गराउने ठेक्का पाएको कम्पनीमा १० जना मेठ (सहायक ठेकेदार) हरुले काम गराउँदै आउका थिए।
 
चालू आर्थिक वर्षको लागि करण चौधरीलाई ठेक्का परेको छ। उनको मातहत पनि १४ जना सहायक ठेकेदार अर्थात मेठहरुले यिनीहरुलाई काममा खटाउँछन्। गत वर्षको सहायक ठेकेदारहरुमा विश्वराज पटेल, कामेश्वर पटेल, सन्तोष तिवारी, पन्नालाल तुरहा, अकलु राउत, भैयाराम राउत, रामानन्द चौधरी, नरेश चौधरीलगायत १० जना थिए।
 
नयाँ ठेकेदार आए तापनि पैसा नबढाउँदा आफूहरु बिहीबार दिनभर काम ठप्प पारेको उनीहरुले बताए। ठेकेदारले बन्दरगाह सञ्चालक कम्पनी हिमालय टर्मिनलबाट प्रति वोगी ४ हजार ५ बुझ्ने गरेको तर आफुहरुलाई थोरै पैसा दिँदा आफुहरु पारिश्रमिक बढाउने माग गरेको बताए।
 
रेलको एउटा र्‍याकमा ४२ वटा वोगी मालसमान हुन्छ। भारत तथा तेस्रो मुलुकबाट आउने मालसमानहरुमा मल, चिनी, भटमास, पिना, तोरी, दाल, मकै, फलाम, फलाईस, चामल, गँहुलगायत हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell