PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

लामो दुरीका यात्रुका लागि बल्खुमा नागरिक सहायता कक्ष



पहिलोपोस्ट

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी प्रभागले बल्खुमा नागरिक सहायता कक्ष आजदेखि सञ्चालन गरेको छ।
 
दसैंमा घर जान चाहने यात्रु तथा त्यस क्षेत्रमा ट्राफिक सूचना लिन बटुवा वा सावारी चालक र व्यवसायीलाई आवश्यक सहयोग गर्ने उद्देश्यले सो कक्ष सञ्चालनमा ल्याइएको हो।
 
आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले ट्राफिकको समस्या न्युनीकरण गर्न सबैको सहयोगको खाँचो औल्याए। उनले सो कक्ष सञ्चालन भएपछि त्यस क्षेत्रमा यातायात क्षेत्रका बिचौलियाको अन्त्य हुने र सेवाप्रदायक तथा उपभोक्ता दुवै पक्षलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन्।
 
प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले काठमाडौं उपत्यकाका विभिन्न १२ स्थानमा सो कक्ष सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै बल्खु, कलङ्की र नयाँ बसपार्कबाट सेवा सुरु भएको बताए।
 
स्थानीय सिखरापुर यातायात लिका अध्यक्ष गुन्जमानसिंह बस्नेतले बारा, पर्सा, रौतहट, मकवानपुर क्षेत्रका यात्रुहरु त्यस मार्ग भई आवतजावत गर्ने जानकारी दिँदै दैनिक दुई हजार भाडाका सवारी साधन त्यस क्षेत्रमा गुड्ने हुँदा सडक निर्माण कार्य चाँडो सम्पन्न गर्न माग गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell