काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भूकम्पका कारण फेला नपरेको भनिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिको फाइल अदालतमा पेश गरेको छ।
अदालतले अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटको पुनरावलोक क्रममा फाइल मागेको थियो। तर, प्रधानमन्त्री कार्यालयले भूकम्पका कारण भवन सर्नुपरेको उल्लेख गर्दै गत भदौ २१ गते फाइल नभेटिएको जवाफ फर्काएको थियो।
सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले पहिलोपोस्टसित भने, 'जुन फाइल मगाएको थियो। त्यो मन्त्रिपरिषद्बाट आयो। अब इजलासले हेर्छ।'
सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की सहितको संयुक्त इजालासले भदौ ३१ गते फाइल सात दिनभित्र बुझाउन आदेश गर्दै हराएको भन्नुलाई ‘गैरजिम्मेवारपूर्ण जवाफ’को रुपमा अर्थ्याएको थियो।
के छ लोकमान नियुक्तिको फाइलमा? पढ्नुस्- पहिलोपोस्टको एक्सक्लुसिभ न्युज स्टोरी