PahiloPost

Mar 13, 2026 | २९ फागुन २०८२

गुफामा रहेका कलाकार मनुजबाबु मिश्र यसरी खुले, आत्मकथा 'हर्मिताज'मा



पहिलोपोस्ट

गुफामा रहेका कलाकार मनुजबाबु मिश्र यसरी खुले, आत्मकथा 'हर्मिताज'मा

काठमाडौं : कलाकार मनुजबाबु मिश्र आत्मकथा 'हर्मिताज : अढाई दशक गुफामा' लिएर आएका छन्।
 
संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीले मिश्रको आत्मकथा 'हर्मिताज : अढाई दशक गुफामा'को विमोचन गरे। कार्यक्रममा बोल्दै जोशीले मनुजबाबु एक अद्भुत मान्छे भएको र नेपाली कला र साहित्यको क्षेत्रमा उतिकै योगदान रहेको चर्चा गरे। 
 
सोही कार्यक्रममा झर्रोवादी आन्दोलनका अगुवा एवम् चर्चित भाषाविद् डा. तारानाथ शर्माले लामो समयदेखि सँगैसँगै हिँडेका मनुजबाबुको विभिन्न आयामबारे स्मरण गरे।

पत्रकार रविन्द्र मिश्रले भने आफ्नो बुवाको अद्वितीय प्रतिभा देखेर आफैं चकित परेको बताए। 'सानै उमेरमा आधा दर्जन व्यक्ति गुमाउँदा पनि होश नगुमाई काम गर्ने बुबाको प्रतिभाको साँच्चै कदर भइरहेको छ त?' उनले प्रश्न गरे।

प्रकाशन संस्था घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले सशक्त प्रतिभाको किताब निकालेर समाजलाई दिने अभियान अन्तर्गत मनुजबाबुको आत्मकथा प्रकाशन गरेको जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell