PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको पहिलो खुड्किलो : देउवा



पहिलोपोस्ट

स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको पहिलो खुड्किलो : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन पहिलो खुट्किला हुने बताएका छन्। संविधान कार्यान्वयन गर्नुपर्ने जटिल घडीमा रहेको उल्लेख गर्दै उनले स्थानीय तहको निर्वाचन पहिलो प्राथमिकता हुनुपर्ने बताए।

तरुण प्रकाशनले प्रकाशित गरेको नेपाली कांग्रेस महाधिवेशन विशेष पुस्तकको विमोचन गर्दै सभापति देउवाले स्थानीय तहको निर्वाचनका लागि पुनर्संरचनामा सहमति आवश्यक रहेको बताए। 'स्थानीय निकाय पुनर्संरचनाका लागि आयोगले दिएको संख्यामा विवाद छ,' देउवाले भने, 'अब सबैभन्दा कम विवाद हुने संख्यामा समाधान खोज्नुपर्छ।'

देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन गर्ने हो भने सबैभन्दा सहज उपाय अहिले कायम इलाकाहरुलाई नै गाउँ पालिकामा परिवर्तन गर्नु रहेको बताए। 'नयाँ नगरपालिकाहरु पनि बनेका छन्। तिनमा समस्या भए समाधान गरौं। इलाकाहरु नयाँ नगरपालिका भन्दा पुराना हुन्,' उनले भने, 'यसलाई कायम गर्दा कम विवाद हुन्छ। यसमा सहमत भएर चुनावी प्रकृयामा सहभागी हुन सबैलाई आह्वान गर्छु।'
 
उनले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई पूर्णता दिन नसकेको स्वीकार्दै केही कठिनाइ आएको बताए। 'पार्टीको संरचनालाई पूर्णता दिन सकिएको छैन। अब केही समयमा नै पूर्णता हुन्छ। प्रतिनिधित्वको सवाललाई सम्बोधन गर्दै यसलाई पूर्णता दिइनेछ,' देउवाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell