PahiloPost

Mar 13, 2026 | २९ फागुन २०८२

आर्थिक प्रतिवेदन नबुझाउने ११ दल खारेजीमा, ८२ दललाई एक सय रुपैयाँ जरिवाना



पहिलोपोस्ट

आर्थिक प्रतिवेदन नबुझाउने ११ दल खारेजीमा, ८२ दललाई एक सय रुपैयाँ जरिवाना

काठमाडौं :  आयव्ययको वार्षिक प्रतिवेदन तथा स्पष्टीकरण पेस नगर्ने ११ वटा दलको दर्ता निर्वाचन आयोगले खारेज गरेको छ।
  
आयोग समक्ष प्रतिवेदन पेस नगर्ने ८२ दललाई भने एक सय रुपैयाँ जरिवाना गरिएको छ। ती दललाई निर्धारित ढाँचा र समयभित्रै प्रतिवेदन पेस गर्नका लागि निर्वाचन आयोगले सचेत पनि गराएको छ।
 
राजनीतिक दलसम्बन्धी ऐन २०५८ अनुसार आयोगले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 
खारेज भएका दलहरुमा नवनेपाल निर्माण पार्टी, जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल, तराई मधेस पहाड हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ॐ सेना पार्टी, नवजनवादी पार्टी, नेकपा (मार्क्सवादी), नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल जनसङ्घ पार्टी, नेपाल दलित श्रमिक मोर्चा र नेकपा (एकीकृत) रहेका छन्।
 
एक सय रुपैयाँ जरिवानामा परेका पार्टीलाई भने आयोगले ३५ दिनभित्र विवरण  बुझाउन आग्रह गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell